काठमाडौँ- सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डा बसौलालाई पदमुक्त गर्ने माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।
बोर्डका कार्यकारी निर्देशक डा बसौलाले आफूलाई कानुनविपरीत सरकारले हटाउने निर्णय गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवदेन दायर गरेका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई हटाउन गत २४ पुस गते मन्त्रिपरिषद्लाई सिफारिस गरेका थिए।


