काठमाडौँ- डिआई स्किन हस्पिटल एन्ड रिफरल सेन्टर काठमाडौँको बाँसबारीस्थित गल्फुटारमा सरेको छ। १४ वर्षदेखि छाला कपाल, नङ लगायतसम्बन्धी अनुभवी डाक्टरबाट सेवा दिँदै आएको हस्पिटल महाराजगञ्जबाट गल्फुटारस्थित आफ्नै भवनमा सरेको हो।
वि.स.२०६६ सालमा स्थापना भएको हस्पिटलले यसअघि काठमाडौँको महाराजगञ्जबाट सेवा दिँदै आएको थियो।
डिआई स्किन हस्पिटल एन्ड रिसर्च सेन्टरमा भारत, अमेरिका, पाकिस्तान, स्वजल्यान्डलगायत देशका छालारोग विशेषज्ञले उपचार सेवा दिइसकेका छन्।
हस्पिटलले दिने सम्पूर्ण सेवा अन्तराष्ट्रियस्तरका रहेको हस्पिटलका कार्यकारी प्रशासक ऋषिप्रसाद सापकोटाले सुनाए।
कार्यकारी प्रशासक सापकोटाले भने, ‘विगत दुई वर्ष (वि.स.२०७८) सालदेखि काठमाडौंको गल्फुटार बाँसबारीमा यस हस्पिटल साढे तीन रोपनी जग्गाको क्षेत्रफलमा फैलिएको डिआई स्किन हस्पिटल एन्ड रेफरल सेन्टरले अत्याधुनिक भवनबाट छाला रोगसम्बन्धी सम्पूर्ण सेवा दिइरहेका छौँ।’
हस्पिटलले डर्माटो प्याथोलोजी र प्यास्टिक सर्जरीमा पनि उत्कृष्ट सेवा दिँदै आएको सापकोटाको भनाइ छ। हस्पिटलले विगत दुई वर्षदेखि कपाल प्रत्यारोपणमा सेवा दिइरहेको छ। कपाल प्रत्यारोपणका सन्तुष्ट ग्राहकका कारण अस्पतालमा सेवा लिन पुग्नेहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको उनको भनाइ छ।
हस्पिटलमा १४ जना डाक्टर कार्यरत छन्। नेपालका पहिलो छाला रोग विशेषज्ञ प्रा.डा. अनिकुमार झा हस्पिटलका संस्थापन अध्यक्ष हुन।
यस हस्पिटलको संस्थापन सदस्यमा ऋषि सापकोटा,रामप्रसाद पोखरेल लक्ष्णमणराज बराल र प्राडा सृष्टि श्रेष्ठ छन्।


