काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले तत्कालिन नेकपा माओवादीले सत्तका लागि मात्र सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन्।
मंगलबार मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीले सत्ताका लागि सुरु गरेको युद्धका कारण १७ हजार मानिस मर्नु परको आरोप लगाए।
उनले २०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत उनको भनाइ थियो। ‘राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ,’ उनले भने, ‘जम्माजम्मी सत्ता, सरकार रहेछ, सांसद रहेछ। चाहिएको त प्रधानमन्त्री न रहेछ। अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने ?,’ उनको प्रश्न थियो।
ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए।
