काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विचित्रको कला भएको बताएका छन्।
प्रचण्डसँग हास्दाहास्दै रुन सक्ने र रुँदारुँदै हास्न सक्ने कला रहेको उनले टिप्पणी गरेका हुन्।
‘सुप्रिमोसँग एउटा गज्जब कला छ। त्यो के भने रुँदारुँदै हाँस्न सक्ने र हाँस्दा हाँस्दै रुन सक्ने साथै आफूमाथि संकट आउँदा सबैलाई एकसाथ धम्काउन र फकाउन सक्ने,’ उनले भने, ‘शायद, त्यसको फेरि सफल प्रयोग हुने जस्तो छ–राष्ट्रियसभाको अध्यक्ष र संक्रमणकालीन न्याय निरुपणको लागि। तर सिटौलालाई पन्छाउन गाह्रो छ।’
फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदैछ। त्यसअघि राष्ट्रियसभा अध्यक्ष निर्वाचन हुनेछ। राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले आकांक्षा राखेका छन्।


