काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताएका छन्।
विधान सम्मेलनमा सहभागीले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए।
विधान सम्मेलनका समितिहरूले उठाएका प्रश्नको जवाफ दिँदै बिहीबार प्रचण्डले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताएका हुन्।
आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए।
