२०८३ कार्तिक १६ गते आईतबार

गगनको प्रतिवेदनमाथि जितजंगको टिप्पणी : अमेरिकी व्यवस्था साभार गर्न खोजियो!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
jitjung

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावले क्रियाशील सदस्यता खारेज गर्न उद्यत रहेको टिप्पणी गरेका छन्।

बिहीबार महामन्त्री थापाले पेस गरेको प्रतिवेदनमाथि शुक्रबार केन्द्रीय समिति बैठकमा टिप्पणी गर्दै बस्नेतले अमेरिकी व्यवस्था लाद्न खोजिएको समेत टिप्पणी गरेका छन्।

‘अब पार्टीले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको व्यवस्था खारेज नै गर्न खोजेको हो?’ बस्नेतको भनाइ थियो, ‘प्राइमरी इलेक्सन नेपाली मौलिकतमा आधारित नभएकाले अमेरिकी व्यवस्था साभार गर्न खोजिएको देखिन्छ।

युथ कांग्रेसलाई विधानले नचिन्ने बताएका उनले भने, ‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन। युथ कांग्रेस भनेको के हो?’

तरुण दलका पूर्वअध्यक्ष समेत रहेका बस्नेतले भने, ‘कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन? तरुण दलको तदर्थमै चलाउनुको भित्री रहस्य कहीँ यही युथ कंग्रेस त होइन?’

महाधिवेशनमा स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्न केन्द्रीय सदस्य, सांसदलगायत वडाबाट निर्वाचित हुनुपर्ने प्रस्ताव छलफलका लागि पेस गरेका छन्।

महामन्त्री थापाले छलफलका लागि प्रस्तुत गरेको प्रस्तावमा सबै तहमा सभापतिसहित केही पद निर्वाचित गर्ने र बाँकी सदस्य मनोनित गर्ने प्रस्ताव राखेका छन्।

‘यसमा कस्तोलाई योग्यता पुगेको मान्ने? पार्टी सदस्यता योग्यता पुगेको भनेको के हो? सबै क्रियाशील सदस्यहरुबाट चुनिएका साथीहरु के अयोग्य नै भन्न खोज्नुभएको हो महामन्त्रीज्यू?’ उक्त प्रस्तावप्रति बस्नेतको प्रश्न छ।

विधानले परिकल्पना नगरेको विधान अधिवेशनको विषय उठाएको भनेर पनि उनले आपत्ति जनाएका छन्। ‘केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्‍यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र? के कांग्रेसको विधान पूर्ण असफल भएकै हो र?’ बस्नेतले भनेका छन्।

प्रतिवेदन मिडियामा आएकोप्रति पनि उनले बैठकमा असन्तुष्टि व्यक्त गरेका छन्।

यस्तो छ बस्नेतको धारणा
पार्टीको महासमिति बैठकको पूर्वसन्ध्यामा भइरहेको यस केन्द्रीय समितिको बैठकको पहिलो दिन महामन्त्री गगन थापाज्यूले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ।

उक्त प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को कुनै पार्टीमा रुपान्तरण गर्न लागेको हो कि भन्ने भान मजस्तै अन्य केन्द्रीय सदस्य साथीहरुलाई लागेको होला भन्ने मेरो विश्वास छ।

प्रतिवेदनको पेज नम्बर ३२ को बुँदा नम्बर १८ मा ’युवासँग कांग्रेस‘ मा युथ कांग्रेस, उद्यमशील कांग्रेस उल्लेख छ। तर, पार्टीको विधानले युथ कांग्रेस चिन्दैन। युथ कांग्रेस भनेको के हो? कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन ? तरुण दलको तदर्थमै चलाउनुको भित्रि रहस्य कहीँ यही युथ कंग्रेस त होइन ?

प्रतिवेदनको पेज नम्बर ३६ मा बहसका लागि प्रस्तावित विषयहरुको बुँदा नम्बर १ मा सदस्यतामा स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्ने, केन्द्रीय सदस्य, सांसदलगायत विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रुपमा तल्लो तहबाट अधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने उल्लेख छ। यो कुरा पदाधिकारीहरुमा लागु हुने कि नहुने? हुने भए यसमा पदाधिकारीहरु भनेर किन लेखिएन? कि लेख्न छुटेको हो?

महामन्त्रीज्यूले पेश गर्नुभएको प्रतिवेदनको पाना नम्बर ३५ मा वडादेखि जिल्ला तहसम्म जुन तहका लागि नेतृत्व छनौट गर्ने हो, मताधिकारका लागि योग्यता पुगेका पार्टी सदस्यको प्रत्यक्ष निर्वाचनबाट सो तहको सभापति र अन्य केही पद मात्र निर्वाचित गर्ने, बाँकी पद पार्टी सदस्यहरुबाट मनोनयन गर्ने भनिएको छ।

यसमा कस्तोलाई योग्यता पुगेको मान्ने? पार्टी सदस्यता योग्यता पुगेको भनेको के हो? सबै क्रियाशील सदस्यहरुबाट चुनिएका साथीहरु के अयोग्य नै भन्न खोज्नुभएको हो महामन्त्रीज्यू? अब पार्टीले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको व्यवस्था खारेज नै गर्न खोजेको हो?

यस्तै त्यो प्रतिवेदनको पाना नम्बर ३७ मा प्राइमरी इलेक्सन को प्रस्ताव गर्नुभएको छ। प्राइमरी इलेक्सनको नेपालीकरण के हो? नेपालको लोकतन्त्रको आफ्नै मौलिकता छ। हामीले अमेरिकी व्यवस्थालाई साभार गर्न लागेका हौं र?

महामन्त्रीज्यूबाट निकै फूलबुट्टा पार्न खोजिएको यो प्रतिवेदनमा १५औं महाधिवेशनको कार्यतालिकामा विधान महाधिवेशन २०८१ असोजमा गर्ने भन्नुभएको छ। परिकल्पना नै नगरेको विधान अधिबेशन भनेको के हो ? केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र? के कांग्रेसको विधान पुर्ण असफल भए कै हो र?

महामन्त्रीको प्रतिवेदनले सम्पूर्ण केन्द्रीय सदस्य र ती तमाम महाधिवेशन प्रतिनिधिहरुले दिएको म्यान्डेटलाई के लात हानेको हो?

महासमिती बैठकमा महामन्त्रीद्वारा प्रस्तुत हुने सांगठनिक प्रस्ताव छ्याप्छ्याप्ती मिडियामा छताछुल्ल कसरी हुन्छ? हामी केन्द्रीय सदस्यलाई गोप्य भनेर बाँड्ने अनि बैठक हुनुअघि नै मिडियामा पठाउने काम कसले गर्छ? पार्टीको बैठक प्रत्यक्ष प्रसारण गरौं भन्दा गोप्यता भएन भनेर स्यालहुँइ्या गर्ने अनि गोप्य गरौं न त भन्दा आफू अनुकूल समाचार लेखाउन मिडियामा पठाउने? यो कस्तो खाले प्रवृति हो? यसमा सांगठनिक प्रतिवेदनले के भन्छ? के यसले हाम्रो भावी रणनीति र गोप्नियता कायम हुन्छ।

जितजंग बस्नेत
केन्द्रीय सदस्य
नेपाली कांग्रेस
सानेपा, ललितपुर

प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार १२:५१
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना