२०८३ कार्तिक १६ गते आईतबार

महासमिति बैठकलाई कर्मकाण्डमा सीमित नगर्न कांग्रेसका युवा नेताको माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
423063105_411441558048624_5482444957130779182_n

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेताहरुले महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन्।

पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि महासमिति सदस्यहरुले शुक्रबार बोलाएको बृहत भेलामा युवा नेताहरुले पार्टीका आन्तरिक समस्या, देशका राष्ट्रि समस्या र जनजीवीकाका सवलामा गम्भीर रुपमा बहस गर्नुपर्ने बताएका हुन्।

राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा यही फागुन ७ गतेदेखि गोदावरीमा हुने महासमिति बैठकमा उठाउनुपर्ने विषयका साथै एजेन्डाहरुका विषयमा विशेष छलफल भएको छ। भेलामा नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले अब पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए।

‘यो परिणाममुखी र उपलब्धिमूलक हुनुपर्छ। अब पार्टीमा काखा पाखा हुनु भएन, नेताको नजिक भएको आधारमा होइन कि कामको आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ,’ नेता शाहीले थपे, ‘निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्ति मात्रै बाराम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ।’

कार्यक्रममा युवा नेताहरु देवराज चालिसे, मेदनी सिटौला, ऋषिराम घिमिरे, उज्वल बराल, विनोद बान्तवा, बर्मा लामा, गोमा केसी, तारा कोइराला , नारायण भट्टराई, मैना कार्की, खगेन्द्र मल्ल, रिता शाही, बलबहादुर कुँवर, प्रेमिका राना, विजुल्ला बर्मा, धर्मेन्द्र नेम्वाङ, टेकराज पौडेल, रेखा यादव, विनोद खनाल, देवकी गौतम, मनोहरि श्रेष्ठ , नकुल अर्याल, मोतीलाल भण्डारी, ईश्वर पाठक, सुधांशु कोइरालालगायत सहभागीले संसदीय निर्वाचनको २ वर्षअघि महाधिवेशन गर्न माग गरेका छन्।

आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनु पर्ने, महासमितिको बैठकबाट महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन्। यसैगरि पार्टिका केन्द्रीय स्दस्यहरु पनि वडा तहा वाटै चुनियर आउनु पर्नेमा सबैको जोड रहेको थियो।

त्यस्तै पञ्चायतदेखि गणतन्त्रसम्म सार्वजनिक पदमा बस्ने उच्च तहका कर्मचारीदेखि नेताको सम्पति छानबिन आयोग गठन, विदेश पलायन, बेरोजगारी, आर्थिक अवस्था, जनताको दुःख पीडाका विषयमा सम्बोधन गर्ने गरी यि एजेण्डाहरुमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, दुई–दुई वर्षमा वडा अधिवेशन, जातीय/धार्मिक विवादमा पर्न नहुने, गठबन्धन गर्न नहुने, भातृ संस्थालाई प्रभावकारी बनाउन तत्काल महाधिवेशन गर्ने गरी पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पनि महासमितिले विशेष पहल गर्नुपर्ने सहभागी नेताहरुले जोडदर रुपमा आवाज उठाएका छन्।

प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार ०७:४६
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना