काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डसविरुद्ध शानदार जित निकालेको छ।
नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो।
नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो।
नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए। शेखले ५४ रन बनाउँदा साहले ५७ रन जोडे।
कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड ३९ ओभरमा १३७ रनमा समेटिएको थियो।
नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओडाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए।
स्पिनर कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए।


