काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग राखेको छ। आइतबार प्रतिनिधिसभाको बैठकको सुरुवातमै बोल्दै एमालेका सचेतक महेश बर्तौलाले ज्वालको राजिनामा मागेका हुन्।
बालकुमारी घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष आएको भन्दै उनले ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरे। गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ज्वालको राजिनामा मागेको छ। बर्तौलापछि बोलेका रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले ज्वालाको राजीनामा मागेका थिए ।


