काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफ्ना मान्छे जोगाउने र कसैलाई फसाउने नियतले काम गरिरहेको बताएका छन्। रास्वपाले सरकारका राम्रो काममा सहयोग गर्दै आएको जिकिर गरेका उनले सरकारको नियत प्रष्ट भएपछि समर्थन गर्न जरुरी नरहेको बताए। उनले ललितानिवास, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको नियत प्रष्ट भएको उनले बताए। मुद्दा कमजोर बनाएर अदालतले सफाइ दियो भन्ने गरेको उनको आरोप थियो।
सरकारले फाइल किन खोल्दो रहेछ भन्ने उदांगो भइसकेको उनको भनाइ थियो। दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको बताए ।
‘बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भनेका युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो। यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिदै आएको थियो। अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ। यसबारे न प्रधानमन्त्री चुइक्क बोल्नुहुन्छ। न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ,’ उनले भने।
उनले सरकारले प्रमाण नभेटेका मान्छेलाई नक्कली प्रमाण र नक्कली उजुरी गरेर पनि कारबाहीको प्रयासमा रहने गरेको भन्दै प्रमाणितहरूलाई भने जेगाउन लाग्ने गरेको बताए ।
