२०८३ कार्तिक २३ गते आईतबार

‘सेतो धरती’का लेखक भन्छन्- अब अर्को ‘सरप्राइज’ दिन्छु!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ६
Amar Nyaupane

पोखरा-  मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’का लेखक अमर न्यौपानेले नयाँ कृतिबारे सरप्राइज दिने खुलाएका छन्।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा कस्तूरी’ सत्रमा सहजकर्ता भूमीश्वर पौडेलले नयाँ रचनाबारे चासो राखेपछि आफू ‘महत्वपूर्ण काम गर्दा कसैलाई नसुनाउने गरेको’ न्यौपानेले बताए।

‘आफूभित्रै कुनै महत्वपूर्ण काम गरेको छ भने भन्न हुँदो रहिन्छ। मेरो सबैभन्दा नजिकको मान्छेलाई नभनी राखिरहेँ भने त्यसलाई एकदमै चाँडो सक्छु,’ उनले थपे, ‘केही नभनी सरप्राइज दिनु छ, दिन्छु।’

२०६८ सालको मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’का लेखक न्यौपानेका ‘पानीको घाम’, ‘करोडौं कस्तुरि’ र ‘गुलाबी उमेर’ प्रकाशित उपन्यास हुन्।

उनको ‘कलिलो मन’ बालकथा संग्रह पनि प्रकाशित छ। सत्रमा उनले लेखकका दुई वटा भूमि हुने गरेको र आफूलाई देवघाट प्रिय लाग्ने गरेको सुनाए।

‘दुईटा ठाउँ मानिसका लागि महत्वपूर्ण हुन्छ। एउटा जन्मेको ठाउँ अर्को किताब जन्मेको ठाउँ,’ न्यौपानेले थपे, ‘मातृभूमि भनेजस्तै देवघाट नयाँ शब्द कोरल्दा ‘पुस्तक भूमि’ हो। देवघाट सेतो धर्ती जन्मिएको ठाउँ हो।’

पात्रको नियन्त्रणमा लेखक र लेखकको नियन्त्रणमा पात्र हुने उनले बताए। आफूलाई अरुले भन्दा फरक शैलीमा लेख्न मन लाग्ने न्यौपानेले सुनाए। हरेक व्यक्तिले एकै तरिकाले भन्दा आफ्नो शैलीले स्थापित गर्नुपर्ने उनको भनाइ छ। ‘एउटा लेखकले जसरी, जुन डिजाइनमा लेख्छ अर्कोले त्यसरी नलेख्नु अझ सुन्दर कुरा हो। अर्कोको अर्कै धारणा होस्,’ न्यौपानेले भने, ‘सिर्जनात्मक कुरा कक्षाको किताबमा पढेजस्तो परीक्षामा त्यस्तै लेख्नुपर्छ भन्ने हुँदैन। सिर्जनात्मक कुरा भोलि नयाँ हुन्छ। हरेक मान्छेले आफ्नो शैलीको रुपमा स्थापित गर्नुपर्छ।’

पात्रमा आफ्ना विचार मिसाउँदा रचना बलियो हुने उनको दाबी छ। उनी लेखक र पात्रको सम्बन्ध रुखको जरा र जमिनजस्तै भएको टिप्पणी गर्छन्। ‘सूर्यको पृथ्वीसँग सम्बन्ध छ। पृथ्वीको सूर्यसँग सम्बन्ध छ। जराको जमिन अनि जमिनको जरासँग सम्बन्ध छ,’ न्यौपानेले भने, ‘त्यो जरा र जमिनको जस्तो सम्बन्ध छ लेखक र पात्रको त्यस्तै सम्बन्ध छ। जसरी जरा र जमिनको सम्बन्धबाट फल फल्छ त्यो फल भनेको किताब हो।’

न्यौपानेलाई एकजना दर्शकले प्रश्न सोधिन् – लेखक बन्दा छोरी बिग्रिन्छ कि भन्छन्। अनि आर्थिक अवस्थाको कुरा पनि जोडिन्छ। मैले लेख्दा ठिक हुन्छ कि हुँदैन ?

न्यौपानेले लेखक बन्न तर सिर्जनात्मक हुन सुझाए। ‘सिनेमा लाइनको छोराछोरीहरु सिनेमामै आउँछन किनकि त्यहाँ ग्लामर र पैसा छ। तर हामी कवि–लेखकको छोराछोरी लेखक भएको देखिँदैन,’ उनले भने, ‘यो अर्थसँग जोडिएको विषय हो। सिर्जनात्मक तरिकाले बौलाएर लेख्नुस्। मज्जाले लेख्न सक्नुहुन्छ।’

प्रकाशित: २०८० फाल्गुण ६ गते आईतबार ०६:११
प्रतिक्रिया

थप समाचार

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी कमाइ

फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्।

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना