जनकपुर- मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत पाएका छन्। नेकपा एमाले र जनमतबाहेकका दल र स्वतन्त्र सांसदले यादवलाई विश्वासको मत दिए।
आज आइतबार सदनमा उपस्थित १०४ मध्ये यादवको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा ३५ मत पर्यो।
माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाडेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिएका हुन्।
मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन्।
यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्।
नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन्।


