काठमाडौँ- भारतले अब नेपाली नागरिकलाई नेपाली प्रमाणपत्रका आधारमा सिम उपलब्ध गराउने भएको छ।
भारतमा काम गरिरहेका वा विभिन्न कामले भारत पुग्ने नेपाली नागरिकले अब सहजै भारतीय सिमकार्ड पाउने नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।
भारतका लागि नेपालका राजदूत शंकर शर्माले मंगलबार बिहान एक्समा उक्त जानकारी दिएका छन्।
‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो,’ राजदूत शर्माले लेखेका छन्, ‘राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो!’
यसअघि भारतले नेपाली नागरिकलाई सिम कार्ड दिने गरेको थिएन। भारतमा आधार कार्ड भएका नेपालीलाई भने सिम उपलब्ध गराउँदै आएको थियो।
अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो।
राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो!
— Dr. Shankar P Sharma (@DrShankarSharma) February 20, 2024


