काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४०बुँदे मागपत्र बुझाएको छ। राप्रपाले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई मागपत्र बुझाएको हो। राप्रपाले बुधबार देखि नै आन्दोलन समेत थालेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मागपत्रलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताए। लिङ्देनले ४० बुँदे मागलाई लिएर राप्रपाले शान्तिपूर्ण आन्दोलन गर्दै जाने बताए। तर आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनलाई कठोर बनाउँदै लैजाने उनले बताए।
‘राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शनहरु अगाडि बढाउँदै लैजान्छ तर त्यसलाई उपेक्षा गरियो भने कठोर बन्दै विद्रोहसम्म जान सक्छ,’ उनले भने ‘आन्दोलन उत्कर्षमा पुगे प्रदेशसभा मात्र होइन, प्रतिनिधिसभा पनि त्यागेर जाने सम्भावना समेत छ।’
