२०८३ कार्तिक १६ गते आईतबार

‘कांग्रेस विकासबाट टाढा पुगिसक्यो, जनताका कुरै सुन्दैन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ९
Mahasamiti_NC-19

ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा कांग्रेस गोरखाका महासमिति सदस्य प्रकाशचन्द्र दवाडीले पार्टीबाट टिकट लिएर चुनाव जितेपछि जनताको घरदैलोमा जनप्रतिनिधि नपुग्दा समस्या परेको बताए।

‘पार्टीबाट टिकट लिएर चुनाव जित्ने, त्यसपछि पार्टीको सम्बन्ध र जनताको समस्यालाई सुन्दै नसुन्ने प्रवृत्ति देखिएकाले पार्टीलाई समस्या देखिएको हो’, उनले भने।

महासमिति सदस्य दवाडीले केन्द्रीय नेता स्थानीय तहबाट प्रतिनिधि भएर आउँदा कार्यकर्तामासमेत खुसी छाउने भएकाले सो व्यवस्था विधानमा गरिनुपर्ने बताए। एक व्यक्ति, एक पदको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्न सकेमात्र पार्टी बलियो हुने बताए। पार्टीलाई शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो।

कांग्रेस धनकुटा सभापति दिनेश राईले कोशीमा प्रदेश नामाङ्कको विषय पेचिलो बन्दै गएको भन्दै उक्त विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए।

जनसम्पर्क समितिबाट प्रतिनिधित्व गरेकी महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीलाई पनि यही देशमा राजनीति गर्ने अधिकार प्रदान गर्नुपर्ने बताए। ‘पार्टीले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्छ’, उनले भने।

बैठकमा ललितपुरका महासमिति सदस्य कवेलबहादुर लामाले विगतमा नेताहरुको निर्णयको कमजोरीले गर्दा माओवादी र एमालेबीच गठबन्धन भएको र सोही कारणबाट असक्षम व्यक्तिले राजनीतिक नियुक्ति पाएर जिम्मेवारीमा रहँदा समस्या भएको बताए।

‘राजनीतिक नियुक्ति पाएर महत्वपूर्ण जिम्मेवारीमा रहँदा कतिपय ठाउँमा सरकारले चाहेअनुरुप जनचाहना सम्बोधन गर्नेगरी काम हुन सकेका छैनन्। पार्टीले हरेक निर्णय गर्दा देशका सबै पक्षलाई ध्यान दिनुपर्छ। कांग्रेस राष्ट्रिय पार्टी भएकाले सबैलाई समेट्नेगरी अगाडि बढ्नुपर्छ’, उनले भने।

तस्बिर : दिनेशविक्रम शाह

महासमिति सदस्य शेखर खड्का, विमल सुवेदी र विष्णु पोखरेलले बैठकमा महामन्त्रीका प्रस्तावमाथि समर्थन जनाउँदै प्रतिवेदनलाई अक्षरशः पालना गरे पार्टी चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं महासमिति सदस्य बालकृष्ण पाण्डेले विश्वभर छरिएर रहेका नेपालीका बारेमा पार्टीले स्प्रष्ट धारणा बनाउनुपर्ने बताए।

‘करिब एक तिहाइ जनसङ्ख्या भएको जनसम्पर्क समितिलाई कांग्रेसले अभिभावकत्व लिनुपर्छ। उनीहरुको सीप, पुँजी, क्षमतालाई सदुपयोग गर्दै पार्टी र राष्ट्र निर्माणमा लगाउनुपर्छ’, उनले भने।

महासमिति सदस्य उमा थापामगरले सरकार र पार्टीका हरेक संरचनामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार दिएको भन्दै उक्त अधिकार अपुग भएको उल्लेख गरे।

कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टयाउन नमिल्ने बताए। उनले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने उल्लेख गरे।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँगाउँ पुर्‍याउने त्यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताए।

नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य मनकुमारी विश्वकर्माले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन निश्चित समयमा तोकिएकै मितिमा गराउन बाध्यकारी विधान बनाउनुपर्ने बताए। उनले वडापालिका कार्यसमिति भद्दा भएकाले बैठक बस्न समस्या भएको भन्दै उक्त समिति घटाउन महासमिति बैठकले विशेष पहल गर्नुपर्ने उल्लेख गरे।

कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले कांग्रेसलाई कसरी सुधारेर लैजाने भन्ने कुरा प्रतिवेदनमा अपुग भएको बताए। ‘युवालाई कसरी कांग्रेसलाई समेट्न सकिन्छ, नयाँ अनुहार कसरी महाधिवेशन प्रतिनिधि हुन्छ भन्ने कुरा प्रतिवेदनले समेट्नुपर्छ’, उनले भने।

महासमिति सदस्य एवं नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रलाई समेट्नेगरी कांग्रेसले कुनै पनि प्रस्ताव ल्याउन नसकेको बताए।

‘सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै आएको छ, नयाँ सञ्चार माध्यमको चुनौती छ, यसलाई सम्बोधन गर्न पार्टी गम्भीर ढङ्गले लाग्नुपर्छ’, उनले भने।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले पार्टीलाई तिर्नुपर्ने शुल्क (लेवी)को कुरा विधानबमोजिम सम्बोधन हुनुपर्ने बताए। उनले क्रियाशील सदस्यता वितरणमा नयाँलाई अवसर दिनुपर्ने उल्लेख गरे।

कांग्रेस हुम्ला सभापति मोहनविक्रम सिंहले केन्द्रीय सभापति र पदाधिकारी जिल्लाबाट चुनिएर आउने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो।

कांग्रेस रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओलीले जाजरकोट र रुकुमपश्चिमको भूकम्पले पुर्‍याएको क्षतिको विषयलाई प्रतिवेदनमा नसमेटिएको गुनासो गरे।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन नभएको भए नेपाली कांग्रेसमा निराशा थप बढ्ने र कमजोर हुने स्थिति सिर्जना हुने बताए।

भ्रातृ तथा सुभेच्छुकको समूहमा सहभागी महासमिति सदस्य ईश्वरी ओझाले कांग्रेसले गरीब किसानलाई ध्यान दिएर कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा समाधान गर्नेगरी काम गर्नुपर्ने बताए। उनले समावेशीताका नाममा राज्यका हरेक तहमा बौद्धिक जगतलाई बिर्सनु नहुने धारणा राख्नुभयो।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा चार समूहमा छलफल भइरहेको छ। सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु भएको कांग्रेस महासमितिको बैठक भोलि फागुन १० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २०८० फाल्गुण ९ गते बुधबार ०८:१७
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना