काठमाडौं – काठमाडौंमा एसीसी प्रिमियर कप सुरु हुनुभन्दा तीन दिन अघि सम्पन्न अभ्यास खेलमा नेपालले पाहुना टोली ओमनलाई पाँच विकेटले हराएको छ। प्रिमियर कपको लागि ओमन केहि दिनअघि नै नेपाल आइसकेको थियो।
यि दुवै टिमले शनिबार त्रिवी क्रिकेट मैदानमा प्रतियोगिता खेलेका थिए। सो खेलमा नेपालले पाँच विकेटको जित निकालेको हो। पहिले ब्याटिङ गरेको ओमनले निर्धारित ५० ओभर खेल्दै नौ विकेट गुमाएर २४६ रन बनाएको थियो।
जवाफमा नेपालले पाँच ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर २४७ रनकोलक्ष्य पुरा गरेको हो।


