काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको बैठक समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। ७ गते देखि जारी महासमितिको बैठक आज समापन हुँदैछ।
त्यसअघि महासमितिमा भएको समूहगत छलफल र आएको सुझावबारे छलफल देउवाले पदाधिकारीलाई डाकेका हुन्। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार गोदावरीस्थित भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ।


