काठमाडौं- भौतिक पूर्वधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्। ज्वाला सहितका बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन्।
घटनाबारे छानविन गर्न बनेको समितिले मन्त्री ज्वाला समेतको कमजोरी रहेको प्रतिवेदन दिएको भन्दै एमालेले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको थियोऽ प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए।
तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेसहितका विपक्षी दलहरुले संसद अवरुद्ध गरेका हुन्। गत पुस १३ गते दक्षिण कोरियाको ईपीएस भाषा परीक्षाको विषयमा भएको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो।


