काठमाडौँ- गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
एमाले सांसद महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।
नेपालको संविधानको धारा ९४ मा संसदमा कुनै पनि प्रस्ताव पारित गर्न एक चौथाई संख्या पुग्नुपर्छ।
सांसद बर्तौलाको मागपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न निर्देशन गरेका थिए।
तर गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको घोषणा सभामुख घिमिरेले गरेका थिए।
२७५ सदस्यीय प्रतिनिधि सभामा एक चौथाई अर्थात् ६९ जना उपस्थित भएमात्र गणपूरक संख्या पुगेको मानिन्छ। तर बिहीबारको बैठकमा ६५ जना मात्र उपस्थित भएपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए।
संसदको अर्को बैठक फागुन ११ गते शुक्रबार बजे ११ बजे बस्ने गरी स्थगित भएको छ।
नेपाली कांग्रेको महासमिति बैठक र एमालेको केन्द्रीय कमिटी बैठकका कारण ती दलका अधिकांश सांसद बैठकमा सहभागी हुन गएपछि त्यसको प्रभाव सदनमा परेको हो।


