काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टी भित्र बृहत् एकता देखिएको बताएका छन्। महासमिती बैठकको समापनमा आफ्नो धारणा राख्दै सिटौलाले महासमिति बैठकले कांग्रेस भित्र एकता रहेको सन्देश दिएको बताएका हुन्।
‘यो महासमितिले कांग्रेस भित्र बृहत् एकताको शन्देश दिएको छ। आगामी निर्वाचनमा काग्रेसले बहुमतका साथ परिणाम निकाल्ने सन्देश लिएर अब सबै फर्कौं,’ सिटौलाले भने। उनले संविधान बनाएको कांग्रेसले नै संविधानको कार्यान्वयनमा पनि आफ्नो भुमिका देखाउनु पर्ने बताए।
