काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ। पार्टी कार्यालय च्यासलमा मंगलबारदेखि सुरु भएको बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको हो।
राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको एमालेले ठहर गरेको छ।
‘गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरू संकटग्रस्त बन्दै गएका छन्। राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक जना युवाको अनाहकमा ज्यान गएको भन्दै दोषीमाथि कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन एमालेको माग छ।
यी हुन् पारित २२ बुँदे प्रस्ताव


