काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पताल लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन्।
यी अस्पतालका ३७४ शय्या निशुल्क उपचारका लागि छुट्याइएको महानगरले जानकारी दिएको छ।
महानगरको प्रणालीमा आबद्ध ५७ अस्पतालमा ३७ सय ४४ शय्या छन्। कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याइएको महानगरले जानकारी दिएको हो।
प्रणालीमा आबद्ध अस्पताललाई विवरण अद्यावधिक गराउन युजरनेम र पासवर्ड दिइसकिएको छ।
बिहीबार मात्र ११ वटा अस्पताल प्रणालीमा आबद्ध भएका हुन्।
आवद्ध अस्पतालहरुमध्ये सबैभन्दा धेरै शय्या हुनेमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल र मनमोहन मेमोरियल मेडिकल कलेज, स्वयम्भू छन्।
यी २ वटा अस्पतालमा ३/३ सय शय्या छन्। सबैभन्दा कम १५ शय्याका अस्पताल छन्। यस्ता अस्पतालको संख्या ७ वटा रहेको छ।
