२०८३ कार्तिक १६ गते आईतबार

‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन भित्र लफडा, आर्थिक र सांस्कृतिक विचलन भएकालाई नेता मान्न सकिँदैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ११
tara

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन भएको छ। किर्तिपूर स्थित त्रिविको हलमा भएको बन्दसत्रबाट नयाँ नेतृत्व चयन भएको हो।

‘विप्लव’ निकट विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन भएको एक दिन वित्न नपाउदैँ नयाँ नेतृत्व चयनप्रति असन्तुष्टी छताछुल्ल भएको छ।

संगठनकी छात्रा विभाग प्रमुख तारा संज्यालले सामाजिक सञ्जाल फेसबुकबाट नेतृत्व प्रति कडा आक्रोस पोखेकी छिन्। पार्टी प्रवक्ता प्रकाण्ड सीका पुत्र नरेन्द्र सीको नेतृत्वमा १ सय ८१ सदस्यीय नयाँ नेतृत्व चयन भएकाे छ। नयाँ कमिटी बनेपछि कमिटीमा रहेका अन्य केही पदाधिकारी प्रतिकाे असुन्तुष्टि उनले सामाजिक सञ्जाल मार्फत पोखेकी हुन्।

उनले पार्टीका नेता शिलु र संगठनका पूर्व अध्यक्ष प्रकाश शाहीलाई नेकपा कसैको बाउको बिर्ता नभएको भन्दै पार्टी र संगठनको लेटर हेडमा प्रा.लि. वा कम्पनी पनि लेख्न चुनौती दिएकी छन्। आर्थिक, साँस्कृतिक बिचलन भएका, कारवाहीमा परेका तथा लामो समय निलम्बित भएकालाई नेता मान्न नसकिने उनको भनाइ छ।

उनले नेतृत्वलाई भेट्न सिन्डिकेड लगाएर प्रा.लि जस्तो चलाएको भन्दै नेतृत्वमा रहेकाहरुमाथि आर्थिक तथा सांस्कृतिक विचलनको गम्भीर आरोप लगाएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अति भो अब त सकिँदैन। आर्थिक हिसाबले कारवाहीमा परेकालाई नेता मान्न सकिँदैन। साँस्कृतिक विचलन भएका, कार्वाहीमा परि लामो समय निलम्बित भएकालाई नेता मान्न सकिँदैन। सिन्को नभाच्ने बर्षौ घरमा बस्ने, एक इकाईसम्म नबनाएकोलाई नेता मान्न सकिँदैन।

अरे तिम्रा बाउको बिर्ता हो यो पार्टी ? हाम्रो पनि ठूलो देन छ लगानी छ, जेल नेल भोगेको छौ, पुलिसका बुट खाएको छौ, यातना भोगेको छौ, कालो पट्टि हामिलाई बाधेको हो। पुलिसले नेतालाई भेट्न् नदिने ? महासचिव सिलु र प्रकाश शाहीको मात्र हुन् ? सिन्डिकेट लाउने ? प्रा. लि. कम्पनी लेख अब लेटरहेडमा। हुँदाहुँदा दुधको साची बिरालो राखिदिए।’

छात्रा विभाग प्रमुख संज्यालले आफुले नेताको चाकरी गर्न नसकेको, नेतालाई ठुला होटल तथा रेष्टुरेन्टमा खुवाउन नसकेको पनि बताएकी छिन्। उनले लेखेकी छन्, ‘साँच्चै म स्वीकार्छु काम गर्नै सकिएन। नेताको खुट्टा मालिस गर्न सकिएन। हदैसम्मको चाप्लुसी र चाकरी गर्न सकिएन। सुटबुट किन्देर गोजी भर्न सकिएन। बर्थडेमा केक लिएर घर जान सकिएन, रक्षा बन्धनमा राखी किनेर घरैमा गएर बाध्न सकिएन। ठमेलका ठूला–ठूला होटेलमा लिएर राख्न सकिएन। आफ्नो खास नेता बनाउन सकिएन। च्यानल भन्दा दायाँबायाँ गर्न सकिएन। लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिएन।’

‘दाइ दिदी मात्र बनाउन सकिएन। बनाइयो त केवल संगठन बनाइयो। घर व्यबाहर लथालिङ बनाइयो। मधेस भने मधेस गैयो, तराई भने तराई गैयो, एससीसीको बिरोधमा घाइते बनियो, भुटानी शरणार्थी कान्डमा गिरफ्तार परियो,’ उनले अगाडि भनेकि छिन्, ‘दर्जनौ गिरफ्तार परियो, सयौं दिन हिरासत बसियो। बम बिस्पोर्ट लगायत दर्जनौं मुद्दा खेपियो।’

प्रकाशित: २०८० फाल्गुण ११ गते शुक्रबार ०६:४९
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना