काठमाडौं- गणपूरक संख्याको विषयले संसदमा होहल्ला भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले राजनीतिक दलसम्बन्धी विधेयक पारित गर्दा एमालेका सांसद बाहिरिएपछि गणपूरक संख्याको प्रश्न उठाएको आरोप लगाए।
केसीले भने, ‘सभामुख महोदय हामीलाई एक वर्षमा एउटा विधेयक पास गर्ने सांसद भनेर समाजिक रुपमा चित्रित गर्छन्। हिजो राजनीतिक दलसम्बन्धी विधेयकमा निर्णय हुँदै छ भन्ने थाहा पाएपछि सांसदहरु बाहिर गएर गएपछि गणपूरक संख्याको प्रश्न उठाएर रोक्नु भएको छ।केसीले संसद्को काम कारबाही प्रभावित पारेर प्रतिपक्षीले इन्जोय गर्ने हो ? भन्दै प्रश्न समेत उठाए।
केसी बोलिरहँदा एमालेले होहल्ला गरेका थिए। उनले नेपाली कांग्रेसको महासमिति बैठक भएकाले संसदमा संख्या केही कम भए पनि गणपूरक संख्या नपुग्ने अवस्था नरहेको बताए। एमालेका सांसदहरुले होहल्ला गरेपछि प्रतिपक्षले संसद अवरोधमा इन्जोय गर्ने गरेको आरोप लगाउँदै सांसदहरुको मुख थुन्ने प्रयास यसअघि पनि पटकपटक गरेको बताए।


