काठमाडौँ- एमालेको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु हुने गरी भएको घटनाको मुख्य जिम्मेवार मन्त्री प्रकाश ज्वाला भएको प्रतिवेदन छानबिन समितिले बुझाएको उल्लेख गर्दै उनलाई कारबाही गर्न माग गर्दै एमालेले संसद अवरोध गरेको हो।
त्यसैगरी टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै एमालेले उनको पनि राजीनामा मागेको छ।
यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि राजीनामा एमालेले माग गरेको छ।
लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै एमालेले उनको राजीनामा माग गरेको हो।
यसपछि सत्तापक्षका सांसदले पनि जवाफ फर्काएका थिए। सत्तापक्षका सांसदले दिएको उत्तरमा प्रतिपक्ष सांसदले चित्त नबुझाएपछि उठेर बैठकमा अवरोध गरेका थिए।
एमालेलगायतका प्रतिपक्षीको अवरोधका कारण सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन्।


