२०८३ कार्तिक १४ गते शुक्रबार

सूर्य नेपाल वेस्टर्न ओपन: कोर्स रेकर्ड सहित भुवन शीर्ष स्थानमा कायमै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ११
surya_nepal

पोखरा- पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्ड सहित शीर्षस्थानमा कायमै रहेका छन्।

पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा ७-अन्डर ६२ को रेकर्ड सहित भुवनले ३६ होलको समाप्तीमा १०-अन्डर १ सय २८ को उत्कृष्ट प्रदर्शन गरे। उनले सन २०१७ मा शिवराम श्रेष्ठको नाममा रहेको ६-अन्डर ६३ को रेकर्ड तोडेका हुन्।

भुवनले रवि खड्का र एमेच्योर गल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन। समग्रमा १-ओभर १ सय ३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्तरुपमा दोस्रो स्थानमा छन्।

रबिले १-ओभर ७० र सदभावले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए। समग्रमा ४-ओभर १ सय ४२ सहित धरानका प्रो निरज तामाङ चौथो स्थानमा रहे। उनले आज ४-ओभर ७३ को कार्ड तयार पारे।

प्रदीप कुमार लामा र दीपक मगरले समग्रमा ६-ओभर १ सय ४४ को नतिजामा पाँचौ स्थान बाँडे। प्रदीपले इभन-पार ६९ र दीपकले ३-ओभर ७२ मा दोस्रो दिनको खेल पुरा गरे। यसैगरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दल बहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७-ओभर १ सय ४५ सहित संयुक्तरुपमा सातौं स्थानमा रहेका छन्।

जयरामले १-अन्डर ६८, शिवराम पौडेलले २-ओभर ७१, दल बहादुरले ३-ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४-ओभर ७३ स्कोर गरे। भुबहादुर गुरुङ, भुवन कुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापति, युवराज भुजेल, टंक बहादुर कार्की, सुर्य प्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीव बहादुर नेपाली, धन बहादुर थापा तथा एमेच्योर प्रज्वल गुरूङ सुरेश तामाङले कट बनाएका छन। ३६ होलको समाप्तीमा १४-ओभर १ सय ५२ स्कोर दर्ज गरेका २१ प्रोफेसनल र ४ एमेच्योर खेलाडीले कट बनाएका छन्।

५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ। एसिया क्षेत्रकै कठिन मध्येको एक मानिएको हिमालयन गल्फ कोर्समा भुवनले बोगी रहित कार्ड बनाउने क्रममा सात वटा बर्डी दर्ज गरे। पहिलो, चौथो र नवौं होलमा एक-एक सट बचाउँदा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। यही लयलाई निरन्तरता दिदै उनले ११औं, १४औ, १५औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गदै ब्याक नाइन ४-अन्डर ३१ मा सकाए।

यो लोभलाग्दो प्रदर्शनमा भुवन करियरको ११औं उपाधि नजिक पुगेका छन। सन २०२२ को डिसेम्बरमा सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेपछि भुवन उपाधि विहिन रहेका छन। रबिले सुरूवात राम्रो गर्न सकेनन्।

छैटौं, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए। यसपछि ब्याक नाइनमा भने सम्हालिदै २-अन्डर ३३ मा पुरा गरे। उनले १३औं होलमा एक सट खेर फाले भने १०औं‌, १२औं र १४औं होलमा बर्डी प्रहार गरे।

प्रकाशित: २०८० फाल्गुण ११ गते शुक्रबार १२:१८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना