२०८३ साउन १३ गते बुधबार

सूर्य नेपाल वेस्टर्न ओपन: कोर्स रेकर्ड सहित भुवन शीर्ष स्थानमा कायमै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ११
surya_nepal

पोखरा- पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्ड सहित शीर्षस्थानमा कायमै रहेका छन्।

पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा ७-अन्डर ६२ को रेकर्ड सहित भुवनले ३६ होलको समाप्तीमा १०-अन्डर १ सय २८ को उत्कृष्ट प्रदर्शन गरे। उनले सन २०१७ मा शिवराम श्रेष्ठको नाममा रहेको ६-अन्डर ६३ को रेकर्ड तोडेका हुन्।

भुवनले रवि खड्का र एमेच्योर गल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन। समग्रमा १-ओभर १ सय ३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्तरुपमा दोस्रो स्थानमा छन्।

रबिले १-ओभर ७० र सदभावले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए। समग्रमा ४-ओभर १ सय ४२ सहित धरानका प्रो निरज तामाङ चौथो स्थानमा रहे। उनले आज ४-ओभर ७३ को कार्ड तयार पारे।

प्रदीप कुमार लामा र दीपक मगरले समग्रमा ६-ओभर १ सय ४४ को नतिजामा पाँचौ स्थान बाँडे। प्रदीपले इभन-पार ६९ र दीपकले ३-ओभर ७२ मा दोस्रो दिनको खेल पुरा गरे। यसैगरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दल बहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७-ओभर १ सय ४५ सहित संयुक्तरुपमा सातौं स्थानमा रहेका छन्।

जयरामले १-अन्डर ६८, शिवराम पौडेलले २-ओभर ७१, दल बहादुरले ३-ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४-ओभर ७३ स्कोर गरे। भुबहादुर गुरुङ, भुवन कुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापति, युवराज भुजेल, टंक बहादुर कार्की, सुर्य प्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीव बहादुर नेपाली, धन बहादुर थापा तथा एमेच्योर प्रज्वल गुरूङ सुरेश तामाङले कट बनाएका छन। ३६ होलको समाप्तीमा १४-ओभर १ सय ५२ स्कोर दर्ज गरेका २१ प्रोफेसनल र ४ एमेच्योर खेलाडीले कट बनाएका छन्।

५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ। एसिया क्षेत्रकै कठिन मध्येको एक मानिएको हिमालयन गल्फ कोर्समा भुवनले बोगी रहित कार्ड बनाउने क्रममा सात वटा बर्डी दर्ज गरे। पहिलो, चौथो र नवौं होलमा एक-एक सट बचाउँदा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। यही लयलाई निरन्तरता दिदै उनले ११औं, १४औ, १५औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गदै ब्याक नाइन ४-अन्डर ३१ मा सकाए।

यो लोभलाग्दो प्रदर्शनमा भुवन करियरको ११औं उपाधि नजिक पुगेका छन। सन २०२२ को डिसेम्बरमा सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेपछि भुवन उपाधि विहिन रहेका छन। रबिले सुरूवात राम्रो गर्न सकेनन्।

छैटौं, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए। यसपछि ब्याक नाइनमा भने सम्हालिदै २-अन्डर ३३ मा पुरा गरे। उनले १३औं होलमा एक सट खेर फाले भने १०औं‌, १२औं र १४औं होलमा बर्डी प्रहार गरे।

प्रकाशित: २०८० फाल्गुण ११ गते शुक्रबार १२:१८
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना