काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित ल्यान्डमार्क होटलमा दई दिनको एमडीआरटी कार्यक्रम सम्पन्न गरेको छ। उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्य राखिएको कार्यक्रमको मुख्य कार्यसुचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार लगायत थिए। कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति थियो।
कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्द थिए। उनी मनोक्रान्ति संस्थाका संस्थापक, र गुरु समेत हुन्। ‘संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गर्नुपर्छ’ भन्ने प्रसंग जोडदै, आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्छ,’ उनले भने।
यससँगै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर महजोडीद्वारा सिटिजन लिडरहरुलाई भने, ‘मान्छेलाई संगतले निकै असर गर्छ र सिटिजन परिवारभित्र एकदमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कलाई समाजको उन्नति र आफ्नो कार्यप्रती सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको देखेको छौं।’ कार्यक्रममा एमडीआरटीमा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मान समेत गरिएको थियो।
कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए। उनले कार्यक्रममा उपस्थित सिटिजन लिडरहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले कम्पनीको सबैभन्दा ठुलो शक्ती, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्राथमिकता दिन आग्रह गरे।


