काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सदनमा ल्याउन नाकमा नत्थी लगाउने अवस्था सिर्जना नगर्न चेतावनी दिएको छ।
तीन जना मन्त्रीको राजीनामा माग गर्दै सदनमा अवरोध गरेको एमालेले प्रधानमन्त्री निरन्तर सदनबाट भागिरहेको उल्लेख गर्दै अब पनि भागे नाकमा नत्थी लगाएर सदनमा ल्याउने परिस्थिति सिर्जना नगर्न चेतावनी दिएको हो।
शुक्रबार १५ मिनेटका लागि भनेर स्थगित भएको बैठक तीन घण्टापछि सुरु भएपछि एमाले सांसद महेश बर्तौलाले यस्तो चेतावनी दिएका हुन्।


