काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। आजको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।
बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको छ।
बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गरेर सम्मानित हुनेहरुको नाम टुंगो लगाइने छ ।
माओवादीले ३ जनालाई सम्मान र ३ जनालाई कारबाहीको तयारी गरेको छ।


