काठमाडौँ- आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आइतबार नेदरल्यान्ड्सविरुद्ध भइरहेको खेलमा नेपालले छैटौँ विकेट पनि गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको २९.३ ओभरमा नेदरल्यान्डका बास डी लेडेले नेपालका भीम सार्कीलाई आउट गराएका हुन्। उनी शून्य रनमा नै आउट भएका हुन्।
यसअघि २८.४ ओभरमा दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए। उनले एक रन मात्र बनाए।
नेपालले ३० ओभर सकिँदा ६ विकेट गुमाएर ९६ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए।
नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई दुई विकेट लिएका छन्। यस्तै बास डी लेडेले एक विकेट लिए।


