काठमाडौँ- निर्वाचन आयोगले वैशाख तेस्रो साता उपचुनाव गर्ने तयारी गरेको छ। उपचुनावको मिति तोक्नका लागि आयोगले निर्णय गर्नका लागि पदाधिकारी बैठक बोलाएको छ।
वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी छ। प्रतिनिधि सभाको इलाम-२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर ‘क’बाट निर्वाचित जनप्रतिनिधिको मृत्यु भएकोले उपनिर्वाचन गर्ने तयारी गरिएको हो।
इलाम-२ का प्रतिनिधि सभा सांसद सुवास नेम्वाङ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर ‘क’बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो।
स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचनको मिति सरकारसँग परामर्श गरेर निर्वाचन आयोगले तोक्ने व्यवस्था छ। उपनिर्वाचनबारे सरकारसँग परामर्श गरिसकेको र सोहीअनुसार निर्णय गर्न लागिएको आयोगको भनाइ छ।


