काठमाडौं- ७औं मेडिकल तथा ल्याब एक्सपो फागुन १७ देखि १९ गतेसम्म हुने भएको छ। एक्पोमा सबैभन्दा ठूलो बिटुबी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरुको प्रदर्शनी हुनेछ। एसडीप्रोमो मिडियाले इसपीसी भारत र च्यमसनसँगको सहार्यमा एक्सपो आयोजना गर्न लागेको हो। तीन दिनसम्म चल्ने एक्सपो भृकुटी मण्डपमा हुनेछ।
नेपाल मेडिकल र ल्याब एक्सपोले सर्जिकल, निदान र अनुसन्धान प्रयोगशाला, नेपाल ल्याब मेडिकल दक्षिण एसियाली हबकोरुपमा बजार बढ्लदै गएको छ। यो वर्ष एक्पोमा नयाँ आयाम, उत्पादन र आविष्कार तथा विश्वभरका मेडिकल टेक्नोलोजी, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समधानको प्रदर्शनी हुनेछ।
प्रदर्शनीमा नेपालका ३ सय र भात लगायतका अन्य देशका ८ सय ब्रान्डले १ हजार भन्दा धेरै उत्पादन तथा सेवा राख्नेछन्। जसले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्नेछ। प्रदर्शनी हेल्थ केयर, फर्मास्युटिकल तथा रिसर्च सेक्टरका लागि उपलब्धिमूलक हुनेछ। प्रदर्शनीमा व्यवसायिक साझेदारी तथा नेटवर्किङको अवसर समेत प्रदान गरिने५।
एक्पोको अघिल्लो संस्करणलाई ९ हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। आयोजक संस्था एसडी प्रोमो मिडया प्रालीका प्रोजेक्ट हेड अनुरोध परासरले यसपटकको एक्सपो अघिल्ला संस्करणहरु भन्दा ठूलो हुने बताए।


