बुटवल- विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्ष ब्रान्ड बन्ने उद्देश्यका साथ सेरेसले बुटवलको कालीकानगरमा अत्याधुनिक शोरुम सञ्चालन गरेको छ। कम्पनीले थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो। नेपालमा सेरेसका ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको हो।
शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ।
शोरुमलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई , एमएडब्लू वृद्धि अटो कोर्पका बिजनेस हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे लगायतले उद्घाटन गरे।
शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्रि इभी गाडी हस्तान्तरण गरेको छ। सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ।


