काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेर नयाँ अभियानको घोषणा गरेका छन्।
महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर अभियानको घोषणा गरेका हुन्।
अभियानको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति’ राखिएको छ।
अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने महतोले बताए।


