२०८३ कार्तिक १४ गते शुक्रबार

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया हुने, पुराना बाइक वा स्कुटरसँग आकर्षक इलेक्ट्रिक स्कुटर साट्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
zeho

काठमाडौं– सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्ने भएको छ।

मंगलबार (भोलि) देखि आफ्नो नक्साल, नारायणचौरस्थित शोरुममा शुरु हुने सो ४ दिने क्याम्प आगामी बिहीबार सम्म चल्ने छ। रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी लिएसँगै बजार र ग्राहकको आवश्यकता अनुरुप अगाडि बढाउने लक्ष्य लिएको र त्यसबाट प्रेरित भएर बिक्री र बिक्री पछिको सेवालाई विशेष ध्यान दिदै आफ्ना योजनाहरु द्रुत गतिमा अगाडि बढाएको बताएको छ।

सेन्टरले आफ्नो ईभी स्कुटर जीहो ब्रान्डको उच्चतम प्रविधि, डिजाइन र फरक विशेषताको वारेमा धेरै ग्राहकलाई जानकारी प्रदान गर्नका लागि उपत्यका भित्रका विभिन्न स्थान, कर्पोरेट हाउस, कार्यालय, आईटी कम्पनी, मल आदिमा प्रोडक्ट डिस्प्ले गर्नुका साथै टेस्ट राइड जस्ता कार्यक्रम समेत उपलब्ध गराउदै आएको छ।

यसै सन्दर्भमा ईभी मोबिलिटीको राइडिङ एक्सपेरियन्स ग्राहकलाई गराउने उद्देश्यका साथ ४ दिने जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्न लागेको सेन्टरको भनाइ छ। ग्राहकले एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा आफ्ना पुराना बाइक वा स्कुटरको प्रतिस्पर्धात्मक मूल्यांकन गराउने र स्पट फाइनान्सका साथै बजार मूल्यांकनमा थप २५ हजार सम्म उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ।

यी विभिन्न सुविधाका साथ ग्राहकले प्रत्येक खरिदमा निःशुल्क हेलमेट र आकर्षक उपहार समेत प्राप्त गर्नेछन् । नेपाली बजारमा हाल जीहो ब्रान्डका एई६ प्लस र एई८ गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन्। कम्पनीले बिक्रीका लागि उपलब्ध गराएका यी दुई मोडलमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जस्ता विशेषताहरु उपलब्ध छन्।

जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन् । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । त्यसैगरी एई८ मोडलको सकुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड–माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ । यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ ।

प्रकाशित: २०८० फाल्गुण १४ गते सोमबार ०५:३१
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना