काठमाडौं- नेपालको लागि बीवाईडी अटो इन्डस्ट्रीको अधिकारिक वितरक साइमेक्स इन्क प्रालीले यूरोकप २०२४ को अवसर पारी ‘नेपाली अब यूरो कपमा स्किम‘ ल्याएको छ।
बीवाईडी यूरोकपको आधिकारिक इ मोबिलिटी पार्टनर हो। यो स्किममा बीवाईडीका फुटबल प्रेमी ग्राहकले जर्मनी पुगेर यूरोकपका खेल हेर्ने मौका पाउनेछन्।
यूरोकप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा रंगशालामा आयोजना हुँदैछ। यूईएफए र र न्यु इनर्जी भेहिकलको प्रमुख निर्माता बीवाईडीबीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक भएको महत्वपूर्ण साझेदारी हो। साइमेक्स इन्क प्रालीका अनुसार ११ भाग्यशाली विजेताले यूरोकप हेर्न जान पाउनेछन्।


