२०८३ कार्तिक १४ गते शुक्रबार

इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १५
e_sewa

काठमाडौं- इसेवाले यस वर्ष पनि पुन: ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ। इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ।

‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी  हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ। यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ। आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले सात हजारसम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन् l साथै, यस अफर अन्तर्गत तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्दा सबैले ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। जसका लागि प्रोमो कोडमा ‘यात्रा ३००’ प्रयोग गर्नुपर्नेछ। त्यस्तै, इसेवा मार्फत् होटल बुक गर्दा प्रोमो कोडमा ‘होटल २००’ प्रयोग गर्नुपर्नेछ।

त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा सय प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ। प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेज मार्फत् घोषणा गरिनेछ। साथै प्रोमो कोडमा ‘यात्रा ५०’ प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

अझ थप, इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले ‘यात्रा १००’ प्रोमो कोडको प्रयोगमा १०० क्यास्ब्याक पाउन सक्नेछन्। यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म १५०० सम्म क्यास्ब्याक (५ % को दरले) प्राप्त गर्न सकिनेछ। यो अफर फाल्गुन १३ देखि चैत्र १३ गतेसम्म लागू हुनेछ।

यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ। यस अफर मार्फत यात्रा सम्बन्धी सेवाहरू इसेवामा सजिलै उपलब्ध भएको बारे ग्राहकवर्गमा सूचित गर्न चाहेको जनाएको छ। सेवाग्राहीले क्यास्ब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ। यो अफर सम्बन्धी थप शर्तहरू आधिकारिक ब्लग मार्फत बुझ्नका लागि पनि इसेवाले जनाएको छ।

हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ। यसैगरी परोक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब २ लाख ३० हजारभन्दा बढी संख्यामा एजेन्ट सञ्जाल रहेको छ।

इसेवाले पुल्चोक स्थित केन्द्रीय कार्यालय सहित सातै प्रदेशबाट प्रदेश कार्यालय तथा सम्पर्क कार्यालय मार्फत सेवा दिइरहेको छ। इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख भन्दा बढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: २०८० फाल्गुण १५ गते मङ्गलबार ०४:२९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना