कावासोती- नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले नवलपुर कार्यालयमा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्वागत गरे।
नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घरफर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन्।
नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटीी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाँउ कमिटी अध्यक्ष सहित सम्पुर्ण कमिटी नै एमालेमा फर्किएका छन्।
त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल, सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल खनाल पाटी केन्द्रीय कार्यालय पुगी पाटी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका ग्रहण गरी एमाले प्रवेश गरेका थिए।
पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ। केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पाटीका कार्यालय सचिव एवम् प्रचार विभाग प्रमुख सहितको टोली एमाले फर्किएको थियो।
एमालेमा सामेल हुनेहरूले विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको भन्दै पुरानै घर फर्किएको बताएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङले विगतमा बाटो विराएर गई अहिले आफ्नै घर फर्की आएकोमा धन्यवाद व्यक्त गरे। घर फर्किकाहरुलाई पाटीले उचित जिम्मेवारी प्रदान गर्ने उनको भनाइ थियो।


