काठमाडौँ- आज काठमाडौँकाे महाराजगञ्ज क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि महाराजगञ्ज क्षेत्रमा केही समय सेवा बन्द गर्न लागिएको हो।
विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।
यस्तै, सोही वितरण केन्द्रअन्तर्गत १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्र, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुनेछ।
२० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।


