काठमाडौं- सजिलो एब्रोड एकेडेमीले संचालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुले विभिन्न छुटहरु हासिल गर्न सक्ने भएका छन्। सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरुलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको छ।
नेपाल सरकारबाट मान्यता प्राप्त यूकेको लागी हालसम्म शतप्रतिशत भिषा सक्सेस रेट राख्न सफल भएको सजिलो भिषाले विभिन्न अफर ल्याएको छ। सजिलो भिषा सञ्चालनमा आएदेखिनै विद्यार्थीहरूको लागि थुप्रै प्रकारका अफर ल्याएको छ। यसमा छुटदेखि निशुल्क तयारी कक्षा अध्ययनसमेतको सुबिधा रहेको छ। जसअन्तरगत IELTS क्लास २४९९ मा संचालन गर्दै आएको छ। यसका साथै IELTS को तयारी कक्षा बुकिङ् गर्दा २००० सम्मको तुरुन्तै क्यास ब्याकको सुविधा रहेको छ।
यस्तैगरी हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुका लागि ‘फ्रि मक टेस्ट’ सञ्चालन भइरहेको छ भने विश्वविद्यालयले लिने अन्तरवार्ताको लागि निशुल्क तयारी कक्षा संचालन गरिएको छ।
सजिलो भिषाबाट अब्रोड स्टडीको लागि एप्लाई गर्दा IELTS तथा PTE को टेस्ट फि शतप्रतिशत (१००%) फिर्ता हुनेछ। यस सजिलो भिषाले अस्ट्रेलिया, क्यानाडा, यूके, यूएसए मा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको लागी परामर्श तथा सहजीकरण गर्ने कार्यगरिरहेको छ।
यूकेमा ब्याचलर पढ्न जानेहरुको ग्याप ५ वर्ष, मास्टर्समा अध्ययन गर्न जान चाहेनको ग्याप ७ वर्षसम्मका विद्यार्थीहरुको भिषा ल्याउनका लागि सजिलो भिषाले सहयोग गरिरहेको छ। यसैगरी, सजिलो भिषाले कुनै प्रकारको अतिरिक्त शुल्क तथा परामर्श शुल्क लिने गरेको छैन।


