काठमाडौं- भिभोले रिलिज गर्न लागेको भिभो भि३० ले ग्राउन्ड ब्रेकिङ टेक्नोलोजीको साथ प्रयोगकर्तालाई फेरी पनि आकर्षित पार्ने भएको छ। यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको छ।
भिभोको स्लीक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राख्दै यो रिलिजसँगै भिभोले प्रयोगकर्ताको क्षण कैद गर्न मात्र नभई ती क्षणहरुलाई जिवनभरका लागि जिवन्त राख्ने लक्ष्य राखेको छ।
भिभो भि३० ले भि सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ। यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो। भि३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षण सफलतापूर्वक पार गरेको छ। साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्मार्टफोनको अनुभूति दिनेछ। उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ।
नयाँ प्रविधिको साथमा भिभोले प्रयोगकर्ताहरूको आवश्यकता पुरा गर्दै गएको छ। भिभो प्रयोगकर्ताहरूमाझ चर्चित औरा लाइटको साथमा भिभोले उक्त प्रतिबद्धतालाई जारी राखेको छ। भि३०मा रहेको औरा लाइटले सामान्य फ्ल्यास भन्दा ठूलो र नरम फिल लाइट प्रदान गर्नेछ। साथमा यसको पुरानो भरजनको तुलनामा राम्रो कलर टेम्प्रेचर प्रदान गर्नेछ।
भि३०मा रहेको डिस्टान्स सेन्सिटिभ लाइटिङले क्यामेराबाट सब्जेक्टको दूरी अनुसार बुद्धिमानी रूपमा लाइटलाई समायोजन गर्दछ। अपग्रेड गरिएको औरा लाइट पोर्टेट फिचरले आकर्षक पोर्टेट प्रदान गर्नेछ।
पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ। यही मागलार्ई सम्बोधन गर्दै भि३०ले वाइड–एंगल क्यामेरालाई अपग्रेड गरेको छ। भि३०मा रहेको ५० एमपी एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचरले परिवार र साथीसँगको सुन्दर सम्झनाहरू जीवन्त रूपमा खिच्न मद्दत गर्नेछ।
प्रभावशाली क्यामेरा बाहेक भि३० मा आकर्षक ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ। साथमा यसको ठूलो ब्याट्री क्षमताले प्रयोगकर्तालाई जीवनका सबै क्षणहरू कैद गर्ने क्षमता प्रदान गर्नेछ। भिभो भि३० ले आधिकारिक लन्च हुनुअगावै नै ग्राहकमाझ निकै उत्साह पैदा गरिसकेको छ। भि३० ले फ्ल्यागशिप भि सिरिजमा उत्कृष्ट एडिसन भई स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ।
