२०८३ कार्तिक १७ गते सोमबार

प्रचण्डलाई खगराजको कडा पत्र : अध्यक्षज्यू! मेरो व्यक्तिगत जीवन समाप्त पार्ने निर्णय गर्नु भो!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
Khagraj-bhatta

काठमाडौँ-  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश व्यक्त गरेका छन्। आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाइएपछि उनले प्रचण्डप्रति रोष प्रकट गरेका हुन्।

मंगलबार माओवादी स्थायी कमिटीले प्रदेशका इन्चार्जहरूको हेराफेरी गरेको थियो। यसरी हेराफेरी गर्दै ‘प्रचण्ड’ले आफ्ना भाइ नारायणप्रसाद दाहाललाई बागमतीको सहइन्चार्ज बनाएका छन् भने बुहारी बिना मगरलाई सुदूरपश्चिममा सहइन्चार्ज बनाएका छन्। ‍

मंगलबार भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति रहेको उल्लेख गर्दै प्रचण्डलाई चार बुँदे पत्र लेखेका छन्।

‘प्रथम विधान अधिवेशनको दिशानिर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौं कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु,’ उनले पत्रमा लेखेका छन्।

यस्तै, स्थायी समितिमा अध्यक्षबाट पेस भएका प्रस्ताव र निर्णयमा अनेकौं प्रश्न गम्भीर रूपमा देखापरेको उनले बताएका छन्।

‘अध्यक्ष कमरेड, स्थायी समितिको निर्णयले मलाई मेरो राजनैतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा बुझेको छु। स्थायी समितिको निर्णवाट मेरो ३४ वर्षको राजनैतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइन अन्तरगत राजनैतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदुरपश्चिमका हजारौँ नेता, कार्यकर्ता र लाखौँ जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु,’ उनको पत्रमा उल्लेख छ।

माघ दोस्रो साता सुदूरपश्चिम प्रदेश संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेका थिए। माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ।

यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन् ।

प्रकाशित: २०८० फाल्गुण १६ गते बुधबार ०९:१६
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना