चितवन- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा नभएको बताएका हुन्। ‘गठबन्धन धर्मराएको पनि छैन। बलियो जगमा उभिएको छ,’ उनले भने।
धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समसया आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए। देखिएका समस्याको छलफलबाट उपाय निकालिने उनको भनाइ थियो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पाटीको बैठक बसेको तथा बिचारहरु आएको उल्लेख गर्दै उनले बिचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताए। गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो।


