काठमाडौँ- ‘भरतपुर भ्रमण वर्ष २०२४’ आजदेखि सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटनका लागि चितवन पुगेका छन्।
नारायणी नदी किनारमा भ्रमण वर्ष २०२४ को उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु हुँदैछ। कार्यक्रममा प्रधानमन्त्री दाहालसहित ५ पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन्।
सरकार गठबन्धनका सहयात्री दलहरुमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रमा सहभागी हुने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ।
कार्यक्रमको उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरुसहित ६ जना सांसद, प्रदेशका मुख्य मन्त्री तथा प्रमुखहरु, राष्ट्रिय स्तरका गायक गायीकाहरुको पनि उपस्थिति रहने छ।
दुई चरणमा सञ्चालन हुने उद्घाटन सत्रमा ५० हजार बढी मानिस उपस्थित गराउने महानगरको योजना छ।
