काठमाडौं- सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धनको सरकार टिक्ने बताएका छन्। शुक्रबार चितवनको भरतपुर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाललाई अगाडि राखेर गठबन्धन टिक्ने बताएका हुन्।
‘अहिले गठबनधनको सरकार छ। यसको निरन्तरता कायम रहनेछ,’ उनले भने। देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय केन्द्र भएको बताए ।
उनले विश्वपसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज अन्तर्रष्ट्रियस्तरमा पहिचान बनाउन सकेको भन्दै उनले अर्थतन्त्रमा प्रतिकूल प्रभाव परिरहेको समयमा पर्यटनको विकासले सकारात्मक भूमिका खेल्ने उल्लेख गरे।


