काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ। बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।
बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा पार्टीका मन्त्रीहरूसँग आइतबार साँझ छलफल समेत गरेका छन्।
माओवादीले पनि राष्ट्रिय सभा अध्यक्षका लागि दाबी गरेपछि गठबन्धन भित्र आशङ्काको बादल मडारिएको छ। यसबीच प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाली कांग्रेस र एमालेसँग समानान्तर छलफल गरिरहेका छन्।
परराष्ट्र मन्त्रीको भ्रमणसमेत रद्द भएपछि आजको सत्ता गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ।


