काठमाडौं- नेपाली कांग्रेससहितको गठबन्धन भत्केको छ। कांग्रेसलाई आउट गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई भित्र्याएका छन्।
यस्तै रास्वपालाई पनि प्रचण्डले भित्र्याएका छन्।
नयाँ गठबन्धनबाट एमालेका पद्म गिरीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्। एमाले एक नेताका अनुसार गिरीलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भएको छ। उनले आजै सपथ खाने भएका छन्।
यता एमालेले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा रघुवीर महासेठलाई पठाउन खोजेको छ। तर उनले परराष्ट्रमन्त्रीमा त्यति रुची नदेखाएको स्रोतको दाबी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्दैछन्। उपेन्द्र यादव पनि सरकारमा जाने कसरतमा छन्।


