२०८३ कार्तिक १७ गते सोमबार

एक वर्ष पनि टिकेन कांग्रेसको ५ वर्षे गठबन्धन, सबै मन्त्रीलाई हटाउँदै प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २१
prachanda

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन्।

हालका सबै मन्त्रीलाई हटाएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीले तयारी गरेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।

कांग्रेस र नेकपा एसलाई बिदा गरेर प्रचण्डले नेकपा एमाले, र रास्वपालाई भित्र्याउने भएका छन्। अब एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्रीले शपथ लिने भएका छन्।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्। रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ।

५ वर्ष गठबन्धन टिकाउने भन्दै गत वर्ष भागबन्डा मिलाएर कांग्रेस, माओवादी, नेकपा एस र जसपाले गठबन्धन गरी प्रतिनिधि सभा निर्वाचनमा लडेका थिए। चुनाबाट कांग्रेस पहिलो दल बन्दा माओवादी तेस्रो दल बनेको थियो।

प्रतिनिधि सभा सदस्यको निर्वाचनको नतिजा आएको केही समयमा नै चुनावी साझेदार कांग्रेसलाई जिल्याउँदै एमालेसँग मिलेर गत वर्ष पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए। तर त्यसको तीन महिना पनि नपुग्दै एमालेलाई धोका दिएर प्रचण्ड कांग्रेससँग गठबन्धन गर्न तयार भएका थिए।

पाँच वर्ष गठबन्धन सरकार चलाउने घोषणा गर्दै कांग्रेस प्रचण्ड क्याबिनेटमा सहभागी भएको थियो। सोहीअनुसार गत वर्ष चैत १७ गते कांग्रेसका पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महतले अर्थ, रमेश रिजालले उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङले सहरी विकास मन्त्रीको शपथ लिएका थिए। पछि कांग्रेसले ९ मन्त्रालय लिएर प्रचण्डसँग सत्ता साझेदारी गरेको थियो।

सोही दिन माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले उपप्रधान तथा गृह र शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको शपथ लिएका थिए।

यस्तै एकीकृत समाजवादीका तर्फबाट वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिएका थिए।

यसअघि एमालेसँगको साझेदारी हुँदा नै माओवादीबाट रेखा शर्माको सञ्चार तथा सूचना प्रविधि र सुदन किराँतीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा थिए। उनीहरू यो समाचार तयार पार्दासम्म सोही जिम्मेवारीमा कायमै छन्। तर उनीहरूलाई पनि हटाउने प्रधानमन्त्रीको तयारी छ।

तर फागुन २१ मा  (आज) आइपुग्दा  एमाले र रास्वपासँग प्रचण्डले नयाँ गठबन्धन बनाएपछि फेरि कांग्रेस र नेकपा एस सत्ताबाहिर पुगेका छन्।

फागुन १८ गते मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको दाबी गरेका थिए।

भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने जिकिर गरेका थिए।

एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका थिए।

फागुन १९ गते मात्र परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने जिकिर गरेका थिए।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रूपन्देहीले भैरहवामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले प्रजातन्त्र रक्षाका लागि कांग्रेसहितको गठबन्धनको आवश्यकता औँल्याएका थिए।

‘जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ’, मन्त्री साउदले भने‚ ‘प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ।’

तर त्यसको भोलिपल्ट नै कांग्रेसलाई प्रचण्डले पाखा पारिदिएका हुन्।

प्रकाशित: २०८० फाल्गुण २१ गते सोमबार ११:०८
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना