काठमाडौं– मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाइएको छ। नयाँ गठबन्धनको कार्यदलमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन्।
कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ।


