काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिले सत्ता समिकरणमा भएको उथलपुथललाई अग्रगामी चेतभएकाहरुले ‘इनअफ इज इनअफ’ भन्नुपर्ने बताएका छन्। उनले प्रचण्डले कांग्रेससँग मिल्दा संविधान र लोकतन्त्रको रक्षाका लागि भन्ने गरेको र एमालेसँग मिल्ला वामपन्थी एकताका लागि भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सत्ता राजनीतिमा केही चतुरेहरुले मञ्चन गर्ने फोहोरी खेलले गणतन्त्रलाई कमजोर पार्ने बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रति लक्षित गर्दै भनेका छन्, ‘नेपाली ‘किस्सा कुर्सीका’ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरेहरूको निकृष्ट सत्तालिप्सानिम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाॅ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्नेभयो। केही निरीह सांसदको पोको बोकेर एउटासंग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसंग घाॅटी जोड्दा ‘ वामपन्थी/कम्युनिष्ट एकतानिम्ति’भन्ने !’
उनले नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै उथलपुथल भनेको भन्दै प्रचण्डप्रति आक्रोश समेत व्यक्त गरेका छन्। ‘यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसंग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने! विचरा सोझा कार्यकर्ता किंकर्तव्य विमुढ बनेर मनलागीनलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो? अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बाॅकीरहेकाहरूले भन्नैपर्छ – अब अति भो! इनअफ इज इनअफ!’
नेपाली ‘किस्सा कुर्सीका’ ळे केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरेहरूको निकृष्ट सत्तालिप्सानिम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाॅ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्नेभयो।
केही निरीह सांसदको पोको बोकेर एउटासंग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसंग घाॅटी जोड्दा ‘ वामपन्थी/कम्युनिष्ट एकतानिम्ति’भन्ने ! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसंग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने! विचरा सोझा कार्यकर्ता किंकर्तव्य विमुढ बनेर मनलागीनलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाॅ संस्करण नभए के हो?
अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बाॅकीरहेकाहरूले भन्नैपर्छ – अब अति भो! Enough is Enough!
नेपाली ‘किस्सा कुर्सीका’ ळे केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरेहरूको निकृष्ट सत्तालिप्सानिम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाॅ युवा पुस्तामा वितृष्णा बढाउने र…
— Baburam Bhattarai (@brb1954) March 4, 2024


